रुकुममा शिक्षकको रूपमा झण्डै दुई दशक लामो समयदेखि योगदान दिँदै आएका सल्यानको छत्रेश्वरि गाउँपालिका–४, जयचौरका यामराज ओलीको शब्दमा आधारित ‘शिक्षक हामी समाजको ऐना हौँ’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतले छोटो समयमै दर्शक–श्रोतामाझ विशेष चर्चा पाउन सफल भएको छ।
गीतमा यामराज ओलीकै शब्द रहेको छ भने, जमुना विश्वकर्मा र झरणा श्री ओलीले स्वर दिएका छन्। संगीतकार राजु सापकोटाले लय संकलन र निर्देशन गरेका छन्।
गीतको भिडियोमा चर्चित नायिका रश्मि भट्ट, यामराज ओली, झरणा श्री ओली, दरबार हाईस्कुलकी प्रधानाध्यापक शारदा कुमारी पौडेल र सहायक प्रधानाध्यापक पदम बहादुर बटालाले अभिनय गरेका छन्। देशको गौरवमय शैक्षिक इतिहास बोकेको पहिलो विद्यालय, दरबार हाईस्कुलमा गीतको छायांकन गरिएको हो।
मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतले छोटो अवधिमै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।
पुरा भिडियो हेर्नुहोस :







सल्यान अनलाइन । २०८२ जेष्ठ १९ गते आइतवार