सरस्वती माध्यमिक विद्यालयमा पोसाक वितरण, विद्यार्थी उत्साहित

बागचौर नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको छ । नगरपालिकाले बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई पोसाक उपलब्ध गराएको हो ।

गरीब, विपन्न र पछाडि पारिएका समुदायका बालबालिकालाई विद्यालयमा आकर्षित गर्दै उनीहरूको आत्मविश्वास, अनुशासन र सहभागिता बढाउने उद्देश्यसहित कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

सो अवसरमा नगर प्रमुख जनकराज गौतमले “कपडाको अभावले कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस्। विद्यालय पोसाक केवल लुगा मात्र होइन, समानता र एकताको प्रतीक हो,” भन्नुभयो ।

त्यस्तै, शिक्षा शाखा प्रमुख नरेन्द्र प्रसाद भट्टले “पोशाकले बालबालिकामा आत्मविश्वास र सहभागिता बढाउँछ। यसले उनीहरूलाई विद्यालयप्रति आकर्षित गर्ने मात्र होइन, शिक्षामा समान पहुँच सुनिश्चित गर्न पनि मद्दत गर्छ। बागचौर नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ,” भन्नुभयो ।

प्रधानाध्यापक नरेश के.सीले “पोशाक वितरणले विद्यार्थीलाई अनुशासित, आत्मविश्वासी र अध्ययनप्रति प्रेरित बनाउनेछ,” भन्दै नगरपालिकाप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख, वडा अध्यक्षहरू, शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघका पदाधिकारी, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

पोशाक वितरणपछि विद्यालयको शैक्षिक अवस्था र सुधारका उपायबारे पनि छलफल गरिएको विद्यालयले जनाएको छ ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया