
काठमाडौँ । घर परिवारको उज्ज्वल भविष्यको खोजीमा विदेशिनुपर्दाको पिडालाई समेटेर गायक गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको गीत ल्याएका छन् ।
डिल्लीराज फुलाराको शब्द तथा भीम बिसी र हरिदत्त फुलाराको सङ्गीत गीतमा छ । भिडियोमा गौरव पहारी, पवित्रा साकी ‘मिस पवि’, देशभक्त खनाल, सृष्टि खड्की, हरिदत्त फुलारा करण शाही, सुरेश शाहीलगायतको अभिनय छ ।
केशव विश्वकर्माको छायाङ्कन रहेको भिडियोको सम्पादन, निर्देशन नारायण मगरले गरेका हुन् ।
सल्यान अनलाइन । २०८१ माघ १७ गते बिहिवार