सल्यानमा आगलागी नियन्त्रणका लागि उपकरण हस्तान्तरण

२० माघ,सल्यान
डिभिजन वन कार्यालय सल्यानले वन डढेलो नियन्त्रणका लागि प्रहरीलाई उपकरण हस्तान्तरण गरेको छ । गर्मी समय आए सँगै जिल्लामा आगलागीका घटना पनि बढन सक्ने भन्दै वन कार्यालयले जिल्ला प्रहरी कार्यालय सल्यानलाई सामाग्री हस्तान्तरण गरेको हो । आइबार डिभिजन वन कार्यालय सल्यानमा प्रमुख जिल्ला अधिकारी साबित्रा पुन र डिभिजनल वन अधिकृत टेक बहादुर रावलले प्रहरी प्रमुख केशर कुमार न्यौपानेलाई सामाग्री हस्तान्तरण गर्नुभयो । कार्यालयले आगलागी नियन्त्रणमा १० थान स्वाटर, ५ थान फायर रेक, १० थान हेल्मेट, १० थान ड्रेस सुट, ५ थान थर्मस, १ थान वाटर ब्याक प्याक र १० थान ग्लोब्स उपलब्ध गराएको डिभिजन वन प्रमुख टेक बहादुर रावलले बताउनु भयो । उहाँका अनुसार सब–डिभिजन वन कार्यालयहरूमा पनि आवश्यक सामग्री राखिएको छ । डिभिजन यस्तै आगलागी नियन्त्रणसम्बन्धी तालिम पनि छिट्टै आयोजना गर्ने तयारी भइरहेको बताउनु भयो । सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले सल्यान जिल्ला बढि सल्ला प्रजातीको वन भएकाले आगलागीको उच्च जोखिम रहेको बताउनु भयो । वन समूह क्षेत्रमा आगलागी हुँदा प्रहरी र वन कार्यालयलाई तत्काल खबर गर्ने प्रणाली भएकाले पूर्वतयारी अनिवार्य रहेको बताउनुभएको छ । उहाँले जिल्लामा दमकलको अभाव रहेको भन्दै यसको खरिद र व्यवस्थापनका लागि पहल कदमी चाल्नुपर्ने बताउनु भयो । सामाग्री बुझ्दै जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले आगलागी नियन्त्रणका लागि पूर्वतयारी आवश्यक रहेको बताउँदै प्राप्त सामग्री डढेलो नियन्त्रणमा पूर्ण रूपमा प्रयोग गरिने बताउनु भयो । उहाँले आगलागी नियन्त्रणमा जनशक्ति र उपकरणको अभावमा यी सामाग्रीले सहज पुर्याउने बताउनु भयो ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया