बाढीले ग्रामीण मोटरबाटो पूर्णरूपमा अवरुद्ध

सल्यानमा वर्षासँगै आएको बाढीका कारण शारदा नगरपालिकाको ग्रामीण मोटर बाटो पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाले सडक क्षत विक्षत बनाएको छ । शारदा नगरपालिका–१२ स्थित लेकबेँसी ग्रामीण मोटर बाटो पूर्णरूपमा अवरुद्ध भएको वडाध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिनुभयो । उहाका अनुसार बाढीले बाटोको संरचना भत्काएको छ भने स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ । शारदा नदि नजिकै रहेको सल्यान अटोभिलेज’ समेत बाढी पसेको छ । मर्मतका लागि ल्याइएका गाडीहरू मध्ये केही गाडी बाढी, भेलमा आधा भागसम्म पुरिएका छन् ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया