सल्यान वनगाड–कुपिण्डे नगरपालिकाले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै गुनासो सुन्ने, तत्काल समाधान खोज्ने तथा दीर्घकालीन सुधारका आधार बनाउने उद्देश्यसहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय तहमा सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने लक्ष्यका साथ गरिएको यस कार्यक्रमले नागरिक–सरकार सम्बन्धलाई थप घनिष्ठ बनाएको छ।
नागरिकका जिज्ञासा ः सेवा कहिले सहज हुन्छ ?
वनगाड कुपिण्डे नगरपालिका भित्र आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नागरिकहरूले सडक मर्मत, खानेपानी आपूर्ति, सिंचाइ सुविधा, टेलिफोन सेवा, सामाजिक सुरक्षा भत्ता, शिक्षा तथा स्वास्थ्यसम्ब सम्बन्धी समस्याहरूमा नगरको ध्यानाकर्षण गराएका छन् । सडक यातायातको स्तरोन्नति, टेलिफोन तथा सञ्चार सेवा अझै व्यवस्थित नहुँदा दैनिक जीवनमा परेको समस्या नागरिकले जोडदार रूपमा उठाए।
वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुलाका वर्ष ४५ की भूमिसरा पुन अहिले सम्म पनि गाउँमा सञ्चारको सुविधा नभएकाले टेलिफोन टावर निर्माणको माग गर्नुभयो । उहाले भन्नुभयो अहिले सम्म पनि फोनले राम्रो का मगर्देन । डाँडामा पुगेर फोन गर्दा पनि राम्रो संग का मगर्देन ।
यस्तै वनगाड कुपिण्डे नगरपालिका १२ चौरका अमृत लाल वलीले विजुली वत्ती कहिले वाल्न पाउने भनि जिज्ञासा राख्नुभयो । उहाले भन्नुभयो अहिले सम्म वडामा एक घरमा पनि वत्ती बलेको छैन् । कहिले सम्म विजुली वत्ती वाल्न पाउछौ ।
निगालचुलाकै विमलराज डि.सीले गाउँमा खोलिएका सडकहरुको स्तोरोन्ती गरेर नियमित रुपमा सञ्चालन गर्न माग गर्नु भएको छ ।
वडा नम्वर ११ आपचौरमा रहेको महेन्द्र माध्यामिक विद्यालय कक्षा १०का छात्रा तुलसा पुनले आफ्नो विद्यालयमा कम्प्युटर शिक्षाका लागिा आवश्यक पूर्वाधार र नेपाली विषयका शिक्षक ब्यवस्थाको माग गर्नुभएको छ । उहाले भन्नुभयो शिक्षक र कम्प्युटर को अभाव रहेको छ ।
सार्वजनिक सुनुवाईमा सहभागीहरूले समस्या मात्र होइन, सुधारका व्यावहारिक सुझाव पनि दिएका छन् । स्थानीय सरकारले गरेका राम्रो कामका लागि जनप्रतिनीधिलाई धन्यवाद समेत दिएका छन् । उनिहरुले शिक्षा, स्वास्थ्य, पर्यटकीय स्थलको विकास, खानेपानी, सिचाइ, कृषि तथा पशुपालनमा व्यवसायिक लगानी आवश्यक रहेको सुझाव दिएका छन् । निगालचुलाका स्थानीय नोखराज वलीले वडा कार्यालय सम्म सडक, पक्की वडा कार्यालय, लिफ्ट खानेपानी, गाउँमै समाजीक सुरक्षा वितरण लगायतका कार्यले खुसी छाएको भन्दै स्थानीय सरकारको प्रशंसा गर्नुभयो ।
वनगाड कुपिण्डे नगरपालिका ११ का घन वहादुर परियारले एक घर एक धाराको योजना कार्यान्वयन को चरण रहेकाले खानेपानीको आर्पुतिमा सहजता आउने अपेक्षा गरिएको वताउनुभयो । उहाले भन्नुभयो बजेट विनियोजन तथा परियोजना छनोटमा नागरिक सहभागिता बढाउन,निर्माण कार्यको गुणस्तर परीक्षण अनिवार्य गर्न निगरानी वढाईनुपर्दछ ।
जनप्रतिनिधिको सम्बोधन ः ‘गुनासो सुन्न मात्र होइन, समाधानमा सक्रिय छौं’
जनताले सार्वजननिक सुनुवाईमा उठाएका सवाललाई प्राथमिकता राखेर काम गर्ने जनप्रतिनीधि र कर्मचारीको प्रतिवद्धता गरिएको छ । वनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्णवहादुर वुढाथोकीले ले सार्वजनिक सुनुवाइलाई नागरिक–सरकारबीचको सबैभन्दा प्रभावकारी संवादको माध्यम भएकाले “ कार्यक्रममा उठाइएका कुनै पनि बुँदा नोटबुकमा मात्र सीमित नहुने वताउनुभयो । उहाले भन्नुभयो विकासमा तिन सरकार संघ, प्रदेश र स्थानीय सरकारले आ आफ्ना भूमिका र सिमा वारे समुदायले जानकारी लिनुपर्ने छ । , तत्काल सम्भव हुने काम आजैबाट सुरु हुन्छ, दीर्घकालीन विषय योजना र बजेटमा समावेश गरिन्छ।”
वनगाड कुपिण्डे नगरपालिकाका सवै वडामा सञ्चार सुविधाका लागि दुरसञ्चार कार्यालय संग आवश्यक पहल भएको र यसै वर्ष ठेक्काटेन्डर हुने गरी तयारी भएको , विद्युतिकरणका लागि ठेक्का भएपनि कालिमाटी गाउँपालिका हुदै काम भैरहेका ठेकेदारको सकृयता वढाउन पहल गर्ने प्रमुख वुढाथोकीको भनाई छ ।
उप–प्रमुख पुरुषोत्तम आचार्यले स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा सुरु भएका कार्यहरूबारे जानकारी दिँदै आगामी वर्ष नागरिकमैत्री सेवालाई प्राथमिकतामा राखिने वताउनुभयो ।
वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले समुदायको विकासमा सहभागिता वढाउन, पारदर्शी, सुशासन युक्त सेवा लागि वर्षमा तीन पटक वस्तिमा पुगेर सार्वजनिक सुनुवाई सञ्चालन गर्दे आएको वताउनुभयो । उहाले भन्नुभयो सार्वजनिक सुनुवाईका माध्यमवाट तत्कालिन, अल्पकालिन र दिर्घकालिन आवश्यकता, समस्या पहिचाहन र समाधान, सेवा सुधार जस्ता कार्य सम्वोधन गर्न सजिलो भएको छ ।
वडा अध्यक्षहरूले आफ्ना वडाका समस्या, सुरु भएका आयोजना तथा अवरोधबारे खुलस्त जानकारी दिँदै, सुनुवाइमा प्राप्त सुझावलाई वडास्तरीय योजना र कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए।
सार्वजनिक सुनुवाई गाउँमै राख्दा सहभागिले भरोसा वढेको वताएका छन् । वनडा कुपिण्डे नगरपालिका १२ की माया खत्रीले “पहिले समस्या कसलाई भन्नु भन्ने थाहा थिएन। अहिले नगरका सबै अधिकारी हाम्रै छेउमा बसेर सुने। समाधान हुने भरोसा बढ्ेको वताउनुभयो ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला तथा पिछडिएका समुदायको सहभागिता उल्लेख्य देखियो। सहभागीहरूले सार्वजनिक सुनुवाइले सामुदायिक विकास, सेवाप्रवाहको पारदर्शिता र जनउत्तरदायी शासनमा महत्वपूर्ण योगदान पुगेको बताए।
वनगाड–कुपिण्डे नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय समस्या पहिचानदेखि समाधान–योजनासम्मको स्पष्ट मार्गचित्र तयार गरेको छ। गुनासो सुन्ने मात्र होइन, तत्काल र दीर्घकालीन दुवै प्रकारका समाधानलाई अगाडि बढाउने प्रक्रियाले नगरपालिकालाई अझ नागरिकमैत्री, पारदर्शी र जवाफदेही बनाउँदै लग्ने अपेक्षा गरिएको छ।







सल्यान अनलाइन । २०८२ मङ्सिर २६ गते बिहिवार