दल दर्ता गर्न विप्लवले गरे मतदाता नामावली दर्ता

नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रयोजनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको बताएको छ ।

पार्टीको विधान, नियमावली र घोषणापत्र तयार भइसकेको र यसको अन्तिम प्रक्रिया टुंग्याउन आगामी केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने निर्वाचन व्यवस्थापन समिति प्रमुख कर्णजित बुढाथोकी “सुशील”ले जानकारी दिनुभयो ।

दल दर्ता प्रक्रिया पूरा गर्नका लागि नेकपाका महासचिव विप्लवले निर्वाचन आयोग, काठमाडौं पुगेर सोमबार मतदाता नामावली दर्ता गरेको विप्लवका स्वकीय सचीव तथा पार्टी केन्द्रिय सदस्य अडिग बोगटीले जानकारी दिनुभयो।

पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरू तयार गरिसकेको र चाँडै नै दल दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको नेकपाले जनाएको छ ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया