४१ वर्ष लामो सेवापछि शिक्षक केसिको विदाइ, विद्यालयमा १ लाख १ हजारको अक्षयकोष स्थापना

सल्यान ,दार्मा गाउँपालिका–३ स्थित श्री जनज्योति माध्यमिक विद्यालय फारुलाका शिक्षक केशव केसीले शिक्षण पेशावाट अनिवार्य अवकास लिनुभएको छ । उहाँको योगदानको सम्मानमा विद्यालयले एक विशेष विदाइ कार्यक्रम आयोजना गरेको हो। ४१ वर्ष ७ महिना २० दिनको लामो निरन्तर शिक्षण सेवा गर्नुभएका केसीलाई विद्यालयले विदाई गरेको हो ।


विदाइ कार्यक्रममा उहाँले आफ्ना अनुभव सुनाउँदै, कम उमेरमै पेशामा प्रवेश गर्न पाउनु, पहिलो श्रेणीमा सेवा निवृत्त हुनु र आफ्नो गाउँकै विद्यालयमा तीन पुस्ताका विद्यार्थीलाई पढाउन पाउनु ठूलो सौभाग्य रहेको बताउनुभयो।

विदाइको अवसरमा शिक्षक केसिले विद्यालयमा १ लाख १ हजार रुपैयाँको ‘हरिलाल हस्तकला अक्षयकोष’ स्थापना गर्नुभएको छ। कोषको ब्याजबाट हरेक वर्ष अनाथ, टुहुरा र न्यून आय भएका विद्यार्थीहरूलाई छात्रवृत्ति दिइने बताइएको छ।
कार्यक्रममा दार्मागाउँपालिका अध्यक्ष निमवहादुर के.सी, ३ नम्वर वडा अध्यक्ष प्रेम वहादुर के.सी ,फारुला वहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अन्नतप्रसाद शर्मा लगायतका अतिथीतिको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेतिराम रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण प्रधानाध्यापक मीनबहादुर वलीले गर्नुभएको थियो।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया