कुमाख गाउँपालिका सल्यानले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तयार पार्न सर्वपक्षीय छलफलसहित सुझाव संकलन गरेको छ।
बुधबार गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकाय, जनप्रतिनिधि, स्थानीय , शिक्षक, पत्रकार, युवा, नागरिक समाज लगायत सरोकारवाला समूहको उपस्थितिमा सुझाव संकलन गरिएको हो।
सहभागीहरूले योजना निर्माणमा जनताको प्रत्यक्ष सरोकार, पारदर्शिता, सेवा प्रवाहको प्रभावकारिता, शिक्षा, सञ्चार तथा स्थानीय पूर्वाधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
गाउँपालिकाका अध्यक्ष मान बहादुर वुढाथोकीका अनुसार आगामी वर्षको योजना, नीति तथा बजेटलाई दिगो, प्रतिफलमुखी, सहभागितामूलक र समावेशी बनाउनका लागि यो छलफल आयोजना गरिएको हो। “जनताको चाहना र आवश्यकता पहिचान गरी त्यसकै आधारमा आगामी योजना तयार पार्ने उहाँले बताउनु भयो ।
उहाँका अनुसार छलफलमा आएका विचार, सुझाव र मागहरूलाई प्राथमिकतामा राखेर योजना निर्माण प्रक्रिया अघि बढाइनेछ। सुझाव संकलन कार्यक्रमलाई नीतिगत निर्णयमा आधार बनाउने उहाँको भनाइ छ।
भौतिक बिकास सँगै मानव संसाधनको बिकास हुने गरि बजेट तथा निति कार्यक्रम ल्याउने उपाध्यक्ष लाल बहादुर रावतले बताउनु भयो ।उहालेभ न्नुभो विचार मन्थनवाट मात्र सहि निस्कर्ष निकाल्न सकिने भएकाले आगामी वर्षको नीति कार्यक्रमका वारेमा सर्वपक्षिय छलफल आयोजना भएको हो ।
कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनीले दिगो विकासका लागि योजना छनौट प्रकृयालाई जनताको सहभागितामा गर्नु पर्ने भएकाले सुझाव संकलन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाले भन्नुभयो सवै राय सुझाव र आवश्यकतालाई पहिचाहन गर्न कार्यक्रम आयोजना गरिएको र प्राप्त सुझावलाई आत्मासात गरिने छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति सल्यानका पूर्व उपप्रमुख हरि प्रकाश बुढाथोकी, कुमाख गाउँपालिकाका संस्थापक अध्यक्ष डिल्लीराज जैसी, पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, वडा अध्यक्षहरू लगायतले आ–आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए।







सल्यान अनलाइन । २०८२ असार ४ गते बुधवार