त्रिवेणी गाउँपालिकाको ४५ करोड ८४ लाखको बजेट पारित, कृषि, पूर्वाधार र सामाजिक सुरक्षामा प्राथमिकता

सल्यानको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड ८४ लाख ४१ हजार ५ सय ८४ रुपैयाँको बजेट पारित भएको छ । कृषि, पशुपालन, पूर्वाधार विकास, शिक्षा र सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै गाउँपालिकाले बजेट विनियोजन गरेको हो।

गाउँपालिकाको १७औँ गाउँसभा तथा अधिवेशनमार्फत उपाध्यक्ष सीता खड्का पुनले ४५ करोड ८४ लाख ४१ हजार ५ सय ८४ रुपैयाँको बजेट सभामा प्रस्तुत गर्नुभएको हो ।

 वजेटमा आन्तरिक राजस्वबाट ५९ लाख, संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ करोड १७ लाख, राजस्व बाँडफाँटबाट ८ करोड २३ लाख प्राप्त हुनेछ । सशर्त अनुदान चालु तर्फ १५ करोड ३७ लाख, सशर्त अनुदान पुजिगत २ करोड १६ लाख, विशेष अनुदान ५४ लाख, समपुरक अनुदान तर्फ ८६ लाख स्रोच परिचालन गरिनेछ ।

साथै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान ९८ लाख ५२ हजार, राजस्व बाँडफाँट वापत प्राप्त हुने रकम १४ लाख ९५ हजार १ सय, सर्शत अनुदान चालु तर्फ ८ लाख ५० हजार र सर्शत अनुदान पुजिगत तर्फ १ करोड ३५ लाख साथै संघीय सरकारको सामाजिक सुरक्षा तर्फ ७ करोड ५० लाख स्रोत परिचालन गरिनेछ ।

गाउँपालिकाले सामाजिक सुरक्षा, पूर्वाधार निर्माण, सडक, खानेपानी, कृषि तथा विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य र ऊर्जा लगायतका बहुपक्षीय क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।

बजेटका प्रमुख विनियोजन यस्ता छन्ः

सामाजिक सुरक्षा भत्ता — ७ करोड ५० लाख

पूर्वाधार विकास — ८ करोड ७४ लाख ३ हजार

लुहाम–ढोरचौर सडक स्तरोन्नति — १ करोड ४४ लाख

त्रिवेणी बहुउद्देश्यीय सभा हल निर्माण — ६० लाख

वडा नं. ३ को कार्यालय भवन — ५० लाख

खानेपानी तथा सिँचाइ — ९० लाख
बन, वातावरण तथा विपद् व्यवस्थापन — ११ लाख १५ हजार

आर्थिक विकास कार्यक्रम — १ करोड ६२ लाख २० हजार

गाउँपालिकाले सार्वजनिक गरेको यो बजेटले समावेशी समृद्धि, सेवा प्रवाह सुदृढीकरण र दिगो विकासलाई टेवा पुग्ने विश्वास गरिएको छ। पुरा वजेट हेर्नुहोस् ।आ.व. 082।083 को बजेट वक्तव्य



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया