सल्यानको त्रिवेणी गाउँपालिकाले गाउँसभा तथा १७ औं अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । सभा गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले प्रस्तुत गरेको नीति कार्यक्रममा आर्थिक विकास, सामाजिक समावेशिता, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सुशासनमा जोड दिइएको छ।नीति कार्यक्रममा आर्थिक विकासतर्फ कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। “घरघरमा उन्नत पशु, हातहातमा क्यान, टोलटोलमा संकलन केन्द्र, दूध उत्पादनमा ध्यान” भन्ने मूल नारासहित दूध संकलन केन्द्र स्थापना र पशु खरिद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै “त्रिवेणीको अठोट, पकेट क्षेत्रमा जोड“ भन्ने अभियानअन्तर्गत पकेट क्षेत्रको विस्तार, सिचाइ सुविधा तथा रिचार्ज पोखरी निर्माण कार्यक्रमलाई समेत विस्तार गरिनेछ।
पर्यटन प्रवद्र्धनका लागि “घुम्न जाउँ त्रिवेणी” नारालाई निरन्तरता दिँदै स्थानीय नागरिकको सहभागितामा होमस्टे निर्माण प्रारम्भ गरिनेछ।
शिक्षा, युवा तथा खेलकुदतर्फ “उत्कृष्ट र सुरक्षित शिक्षालय, मेरो विद्यालय“, “अध्यक्षसँग विद्यार्थी कार्यक्रम“, “अध्यक्ष छात्रवृत्ति“ लगायत कार्यक्रम संचालन गरिनेछ। युवा परिषद्को सहकार्यमा “नमुना युवा सभा“ पनि सञ्चालन गरिने नीति छ।
स्वास्थ्य र पोषणतर्फ “सुरक्षित आमा, सुपोषित सन्तान” कार्यक्रम तथा खानेपानी र सरसफाईतर्फ “ग्रीन एण्ड क्लिन त्रिवेणी”, “सुन्दर र हराभरा गाउँपालिका”, “मेरो गाउँ आफै सफा गर्ने” अभियान सञ्चालन गरिने उल्लेख छ।सामाजिक समावेशीकरणतर्फ “बाल अधिकार सबैको सरोकार” भन्ने नारासहित वालश्रममुक्त, सडक बालबालिका तथा मानवमुक्त पालिका स्थापना गर्ने योजना लिइएको छ। कला–संस्कृतिको संरक्षणका लागि पालिका स्तरीय संग्राहलय निर्माणको नीति समेत अघि सारिएको छ।
सामाजिक सुरक्षा तथा पञ्जिकरणतर्फ अनलाइन प्रणालीलाई व्यवस्थित गरिने नीति लिइएको छ भने पूर्वाधार विकासतर्फ “दिगो सहर, सुव्यवस्थित पूर्वाधार”को अवधारणामा आधारित योजनाहरू अगाडि सारिएको छ।सडक निर्माण तथा स्तरोन्नतिमा अनिवार्य ठेक्का प्रणाली लागू गरिने जनाइएको छ।
वैकल्पिक ऊर्जा, आवास र भू–उपयोगमा पनि विशेष जोड दिँदै नयाँ घर निर्माणका लागि नक्सापासको मापदण्ड अनिवार्य गरिने नीति लिइएको छ। सूचना तथा सञ्चार, उपभोक्ता हित संरक्षण, वन वातावरण तथा विवाद व्यवस्थापनतर्फ गौशाला निर्माण, “रूख रोपौं, वातावरण जोगाऔं” जस्ता कार्यक्रम अघि सारिएका छन्।

भूमि व्यवस्थापन, सुशासन तथा संस्थागत विकास अन्तर्गत “जनताको चाहना, सुशासनयुक्त पालिका हाम्रो लक्ष्य” भन्ने मूलमन्त्रसहित कार्यक्रम अघि बढाइनेछ। आन्तरिक व्यवस्थापन, आर्थिक प्रशासन, कानुन मामिला, न्यायिक समिति र राजस्व परिचालनतर्फ “तिरौं कर, बनाऔं विकसित सहर” भन्ने नीति अंगिकार गरिने भएको छ ।
गाउँसभा बैठकमा उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी, गाउँसभा सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। अधिवेशनमा न्यायिक समितिको प्रतिवेदन मोहन केसी, लेखा समितिको प्रतिवेदन कुलबहादुर पुन, आर्थिक विधेयक दल बहादुर बस्नेत तथा विनियोजन विधेयक विमल रावतले पेश गर्नुभएको गर्नुभएको थियो । सभामा पेश भएका विद्येय पनि पारित भएका छन् । पुरा नीति कार्यक्रम हेर्नुहोस् ।नीति तथा कार्यक्रम final) २०८२।०८३व्य







सल्यान अनलाइन । २०८२ असार ९ गते सोमवार