शारदा नगरपालिकामा माटो परिक्षण

शारदा नगरपालिका सल्यानले कृषिक्षेत्रको सुधारका लागि माटो परिक्षण गरेको छ । शारदा नगरपालिका र सुर्खेतस्थित एकीकृत कृषि प्रयोगशालाको प्राविधिक सहयोगमा गरिएको माटो परीक्षणबाट नगरभित्रको अधिकांश माटो अम्लीयपना भएको पाईएको छ । नगरपालिका भित्रका ४१९ जना किसानले ल्याएका नमुनामध्ये ८१.८६ प्रतिशत माटोमा अम्लीयपना देखिएको हो।
एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकाले परीक्षणमा ३४३ वटा नमुनामा अम्लीयता देखिएको छ भने ६९ वटा तटस्थ र ७ वटा क्षारीय पाइएको बताउनुभयो । उहाका अनुसार माटोको यस अवस्थाले दीर्घकालीन रूपमा कृषि उत्पादनमा असर पार्ने भएकाले कृषि चुनको प्रयोग, प्राराङगारिक मलको प्रयोगलाई प्राथमिकता र रासायनिक विषादीको प्रयोग न्यून गर्नुपर्ने छ ।
परीक्षणमा माटोमा रहेका पोषक तत्वहरु नाइट्रोजन तत्व ४७ नमुनामा कम, ३६४ मा मध्यम र १८ मा धेरै पाइएको छ। फस्फोरस ४ मा कम, ६९ मा मध्यम र ३४६ मा धेरै पाइयो। यस्तै, पोटास ७४ मा कम, १४२ मा मध्यम र १६३ मा धेरै देखिएको छ।
कृषि क्षेत्रको सुधारकालागि माटो परिक्षण महत्वपूर्ण भएकाले माटो परिक्षण गरिएको हो ।शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले नगरभित्र कृषि पकेट क्षेत्रको अवधारणा अघि सारिएकोले माटो परीक्षणको आधारमा उत्पादनशील क्षेत्र पहिचान गरी कृषि योजना बनाउन लागिएको वताउनुभयो । उहाले भन्नुभयो कृषि क्षेत्रको सुधारको पहिलो कदम हो।

नगर उपप्रमुख सुस्मिता सापकोटाले माटो परीक्षणबाट प्राप्त नतिजालाई नीति निर्माण र कार्यक्रम तर्जुमाको आधार बनाइने वताउनुभयो । उहाले भन्नुभयो अबको नीति तथा कार्यक्रम माटो परीक्षणका नतिजा अनुसार वैज्ञानिक कृषि प्रणालीमा आधारित हुनेछ ।

शारदा नगरपालिकाले माटोको गुणस्तर सुधार गर्ने दीर्घकालीन रणनीति अपनाउँदै किसानलाई समयमै जानकारी, तालिम र स्रोतसाधन उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया