पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यापारीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस्: सांसद ज्वाला

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरूको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउन माग गर्नुृभएको छ ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरूलाई भूतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको वताउनुभयो । उहाले भन्नुभयो यो कदम गलत रहेको र ऐन, कानुन विपरीत खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता ल्याउनु पर्दछ ।
सांसद ज्वालाले कसको कसको सुरक्षामा कति सुरक्षाकर्मी खटाइएको छ भन्ने कुरा सदनमा गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गर्नुभयो ।



लेकखको सम्बन्धमा

तपाईको प्रतिक्रिया