दशैं–तिहारलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्यानले विद्युत आपूर्ति नियमित र भरपर्दो बनाउन विद्युत लाइन मर्मत ९बुश कटिङ० अभियान सञ्चालन गरेको छ।
प्राधिकरणका अनुसार कपुरकोट, तुलसीपुर, श्रीनगर हुँदै पाटारे ,मोख्ला वागचौर सबस्टेशनसम्मको ३३ केभी लाइन मर्मत गर्ने काम सम्पन्न गरिएको हो। सो क्रममा लोकल फिडर बन्द गरी छोटो समयमा झाडी तथा रूखपात काटिएको वितरण केन्द्रले जनाएको छ।
विद्युत लाइन मर्मत (बुश कटिङ) का प्रमुख फाइदाहरूमा नियमित र भरपर्दो आपूर्ति, ट्रान्सफर्मर तथा सबस्टेशन उपकरणको सुरक्षा, हावाहुरी वा वर्षातमा दुर्घटनाको जोखिम घट्नु, विद्युत भोल्टेज स्थिर रहनु, मर्मत खर्च कम हुनु र चाडपर्वमा बढी खपत हुँदा पनि सहज आपूर्ति सुनिश्चित हुनु पर्दछ।

विद्युत लाइनमा अवरोध पुर्याउने झाडी तथा हाँगाहरू हटाइएकाले नियमित आपूर्ति सहज हुने विश्वास लिइएको छ। साथै, आगामी असोज ११ गते पुनः बुश कटिङ अभियान सञ्चालन गरिने जानकारी वितरण केन्द्र सल्यानका प्रमुख दिनेश पौडेलले दिनुभयो। उहाँका अनुसार विद्युत आपूर्ति व्यवस्थित राख्न सबस्टेशन उपकरण मर्मतसँगै लाइन मर्मतलाई निरन्तरता दिइनेछ।







सल्यान अनलाइन । २०८२ असोज ४ गते शनिवार